सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आज चैत १५ गते शुक्रबार काठमाडौंमा बस्दैछ। सिटिजन लाइफको सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, बोनस सेयर बाँडपछिको पूँजी ५ अर्ब पुग्ने भएकाले प्रबन्धपत्र संशोधन, खर्च अनुमोदन र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।
यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्दै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। सभाका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार फागुन २७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको साधारणसभा भने काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै, ऋण सुविधा लिने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको राहत रकम अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति एवं पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभामा पेश गरिनेछ। सभाका लागि साल्ट ट्रेडिङ्गले चैत १ गतेदेखि बुक क्लोज गरिसकेको छ, जसअनुसार फागुन २८ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया