instainsta

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
AdvertisementAds

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

यसअनुसार, आजसम्म कायम सेयरधनीहरूले मात्र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश पाउन योग्य छन्।

एचआइडिसिएलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ। कम्पनीले आफ्नो साधारण सभा पुस २१ गते आयोजना गर्ने जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यस लाभांश पनि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। कम्पनीको साधारण सभा पुस १८ गते बस्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स