स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ २७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लहानस्थित विशाल होटलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा अन्य ‘घ’ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेस हुनेछ। प्रबन्धपत्र तथा नियमावलीका केही दफा संशोधन गर्ने प्रस्ताव पनि छ।
त्यस्तै, हकप्रद सेयर जारी गर्ने विषयमा समेत सभामा छलफल हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छन्।
सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने एक महिलासहित दुई जना सञ्चालकको निर्वाचन पनि सभाको कार्यसूचीमा राखिएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ११ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन्।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया