दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कुनको कति तोकियो ओपनिङ्ग रेञ्ज ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कुनको कति तोकियो ओपनिङ्ग रेञ्ज ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक २४ गते सोमबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ। बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेड र स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।
बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको कुल २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल बन्दीपुर (BANDIPUR) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि बन्दीपुर केवलकार एंड टुरिजमलाई न्यूनतम ९५ रुपैयाँ  २४ पैसा र अधिकतम २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा भोलि कार्तिक २५ गते मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।

Screenshot 10 11 2025 143619 nepalstock.com https://bajarkochirfar.com/ipos-of-two-companies-listed-on-nepse-which-one-has-the-opening-range-set | %tags

 

स्वस्तिक लघुवित्त वितिय संस्था लिमिटेडको कुल ५ लाख ७७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल स्वस्तिक (SWASTIK) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि स्वस्तिक लघुवित्तलाई न्यूनतम १७१ रुपैयाँ ७८ पैसा र अधिकतम ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा भोलि कार्तिक २५ गते मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।
Screenshot 10 11 2025 142923 nepalstock.com https://bajarkochirfar.com/ipos-of-two-companies-listed-on-nepse-which-one-has-the-opening-range-set | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स