नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक २४ गते बिहिबार बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल बन्दीपुर (BANDIPUR) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि बन्दीपुर केवलकार एंड टुरिजमलाई न्यूनतम ९५ रुपैयाँ २४ पैसा र अधिकतम २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा भोलि कार्तिक २५ गते बुधबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।


प्रतिकृया