Advertisement Ads

एक महिनाभित्र ५ वटा कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिँदै, कुन कम्पनीको कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
एक महिनाभित्र ५ वटा कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिँदै, कुन कम्पनीको कहिले ?

एक महिनाभित्र ५ वटा कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदैछ । बन्दीपुर केबुलकार, बुङ्गल हाइड्रोपावर, सामुदायिक लघुवित्त, झापा इनर्जी, सानिमा मिडिल तमोर जलविद्युत् कम्पनी र सागर डिस्टिलरीको सेयरमा लकइन अवधि समाप्त हुने भएको छ।

यसमा म्युचुअल फन्ड, संस्थापक सेयरधनी तथा आयोजना प्रभावित स्थानीयले पाएको सेयर समावेश छन्।कम्पनीहरूले सार्वजनिक सूचनामार्फत लकइन अवधि सकिनु भन्दा कम्तिमा एक महिनाअघि जानकारी गराउनुपर्ने व्यवस्था भएकोले, सेयरधनीहरूलाई समयमै जानकारी दिइएको छ।

बन्दीपुर केबुलकारको सामूहिक लगानी कोषका २ लाख ६४  हजार ७०० कित्ता सेयर फागुन २९ गतेबाट लकइन अवधि समाप्त हुँदैछ।

बुङ्गल हाइड्रोपावरको म्युचुअल फन्डका १ लाख ३ हजार ७५० कित्ता सेयर चैत १ गतेबाट लकइन अवधि समाप्त हुँदैछ।

सामुदायिक लघुवित्तको संस्थापकका २ लाख ३००० र कर्मचारीका १५ हजार कित्ता सेयर चैत ४ गतेबाट लकइन अवधि समाप्त हुँदैछ।

झापा इनर्जीको म्युचुअल फन्डका २८ हजार ५१४ कित्ता सेयर चैत ७ गतेबाट लकइन अवधि समाप्त हुँदैछ।

सानिमा मिडिल तमोर जलविद्युत् कम्पनीको संस्थापक समूहका २ करोड ३३ लाख २७ हजार ५००, कर्मचारीका १६ लाख ६६ हजार २५० र आयोजना प्रभावित स्थानीयका ३३ लाख ३२ हजार ५०० गरी कुल २ करोड८३ लाख २६ हजार २५० कित्ता सेयर चैत ७ गतेबाट लकइन अवधि समाप्त हुँदैछ।

सागर डिस्टिलरीको म्युचुअल फन्डका ७२ हजार ६०० कित्ता सेयर चैत ११ गतेबाट लकइन अवधि समाप्त हुँदैछ।

लकइन अवधि सकिएपछि ती सेयर साधारण सेयर जस्तै बजार मूल्यमा किनबेच गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स