भदौमा घट्यो बैंकको ब्याजदर, कुन बैंकले कति घटाए ?

भदौमा घट्यो बैंकको ब्याजदर, कुन बैंकले कति घटाए ?
Advertisement Ads

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरी ५ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशत कायम भएको छ। साउनमा यस्तो औसत दर ४.१७ प्रतिशत थियो।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०४ प्रतिशत बिन्दुले घटेर ३.०८ प्रतिशतमा झरेको छ। साउनमा यो दर ३.१२ प्रतिशत थियो।

ब्याजदर घटाउने बैंकमा नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंक रहेका छन्।

यस्तै, कृषि विकास, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, प्रभु, माछापुच्छ्रे, एनएमबि, हिमालयन, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एसिया बैंकले भने ब्याजदर यथावत् राखेका छन्।

वाणिज्य बैंकहरूको भदौको ब्याजदर

वाणिज्य बैंक साउनमा व्यक्तिगत (%) साउनमा संस्थागत (%) भदौमा व्यक्तिगत (%) भदौमा संस्थागत (%) व्यक्तिगतमा परिवर्तन संस्थागतमा परिवर्तन
कृषि विकास बैंक ४.१५ २.७५ ४.१५ २.७५ ० ०
एभरेष्ट बैंक ४.०५ ३.५० ४.०५ ३.५० ० ०
नेपाल बैंक ४.२५ ४.०० ४.१५ ३.५० -०.१० -०.५०
कुमारी बैंक ३.८५ ३.०१ ३.७६ ३.०१ -०.०९ ०
नेपाल एसबिआई बैंक ४.१० २.७५ ४.१० २.७५ ० ०
लक्ष्मी सनराइज बैंक ४.०० ३.२५ ४.०० ३.२५ ० ०
ग्लोबल आइएमई बैंक ४.०० २.७५ ४.०० २.७५ ० ०
प्राइम कमर्सियल बैंक ४.०० २.७५ ४.०० २.७५ ० ०
सिटिजन्स बैंक ३.९५ ३.०० ३.८५ ३.०० -०.१० ०
प्रभु बैंक ४.५५ २.७५ ४.५५ २.७५ ० ०
माछापुच्छ्रे बैंक ४.५० ३.०० ४.५० ३.०० ० ०
एनएमबि बैंक ४.५० ३.५० ४.५० ३.५० ० ०
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३.८५ २.७५ ३.८० २.७५ -०.०५ ०
हिमालयन बैंक ४.०० ३.५० ४.०० ३.५० ० ०
सिद्धार्थ बैंक ४.०५ ३.२५ ३.७६ ३.०५ -०.२९ -०.२०
नबिल बैंक ४.५५ ३.०१ ४.५५ ३.०१ ० ०
सानिमा बैंक ४.५० ३.३० ४.५० ३.३० ० ०
राष्ट्रिय वाणिज्य बैंक ४.०० ३.०० ४.०० ३.०० ० ०
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४.५० ३.५० ४.५० ३.५० ० ०
एनआईसी एशिया बैंक ४.०० ३.०० ४.०० ३.०० ० ०
औसत ४.१७ ३.१२ ४.१३ ३.०८ -०.०४ -०.०४

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
नवराज
नवराज
1 month ago

दुतियाईको सरकार छ । लगानी मैत्री नीति ल्याएर अर्थतन्त्र चलाएमान वनाउ । राष्ट्र बैंक ले पैसा गोदाममा थुपार्नु देशलाई ठूलो नोक्सानी हो

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स