स्वास्थ्य संस्थामा निःशुल्क औषधि सकिन नदिन मन्त्रालयको निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ५ गते
स्वास्थ्य संस्थामा निःशुल्क औषधि सकिन नदिन मन्त्रालयको निर्देशन
AdvertisementAds

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको नियमित उपलब्धता सुनिश्चित गर्न परिपत्र गरेको छ।

मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहितको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो।

स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाबाट वर्षभरि औषधि निःशुल्क वितरण गर्न सकिने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्री व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ।

परिपत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची पनि पठाइएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समावेश छन्।

स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता, भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्नेछ।

AdvertisementAds

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स