बिदा स्वीकृत नगराई वर्षौंदेखि कार्यालयमा अनुपस्थित, वीर अस्पतालका दुई नर्सलाई स्पष्टीकरण

बिदा स्वीकृत नगराई वर्षौंदेखि कार्यालयमा अनुपस्थित, वीर अस्पतालका दुई नर्सलाई स्पष्टीकरण
Advertisement Ads

वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स सातौँ तहकी सुनिता सिं डंगोल २०८२ पुस १९ गतेदेखि र स्टाफ नर्स सातौँ तहकी सुनिता थापा २०७९ पुस २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ अनुसार बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित रहेको उल्लेख गर्दै उनीहरूलाई विभागीय सजाय किन नगर्ने भन्दै स्पष्टीकरण मागिएको हो।

अस्पतालले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्न सम्बन्धित कर्मचारीलाई भनेको छ। तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरेमा नियमावलीअनुसार आवश्यक विभागीय कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

WhatsApp Image 2026 09 16 at 19.51.26 https://bajarkochirfar.com/explanation-given-to-two-nurses-of-bir-hospital-for-being-absent-from-office-for-years-without-being-granted-leave | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स