स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ।
स्वास्थ्य बीमा बोर्डको बैठकले बीमा सेवा प्रवाहलाई डिजिटल प्रणालीमा सुधार गर्ने क्रममा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने निर्णय गरेको हो।
बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बिमित परिवारलाई ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेको छ। यसबाट बिमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, केवाईसी अद्यावधिक तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी र विश्वसनीय बनाउने बोर्डको अपेक्षा छ।
त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन तयार गर्न बोर्ड कार्यदललाई जिम्मेवारी दिइएको छ। कार्यदलले ६० दिनभित्र प्रतिवेदन पेश गर्नेछ।
बोर्डका अनुसार प्रस्तावित सुधारबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण तथा दाबी व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ।
सेवा प्रदायक स्वास्थ्य संस्थाबाट ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डबमोजिम दाबी मान्य

प्रतिकृया