दशैंमा पशु मार्ने चलन कहिले रोकिन्छ?: आशिका तामाङ

दशैंमा पशु मार्ने चलन कहिले रोकिन्छ?: आशिका तामाङ
Advertisement Ads

प्रतिनिधि सभाको आजको बैठकमा सांसद आशिका तामाङले दशैंका क्रममा हुने पशुबलि तथा पशुमाथि हुने क्रूरताको विषय उठाएकी छन्।

सभामुखसमक्ष आफ्नो धारणा राख्दै उनले दशैं अधिकांशका लागि उत्सव भए पनि निर्दोष पशुका लागि भने पीडादायी हुने बताइन्। दशैंमा पशुलाई खेतका आलीमा लखेट्ने, तरबारले घोच्ने तथा लौरीले हिर्काउनेजस्ता क्रूर गतिविधि हुने गरेको उनको भनाइ थियो।

उनले आफू यही समाजमा हुर्किएको भन्दै दशैंका क्रममा सार्वजनिक रूपमै हजारौँ–लाखौँ पशुको बलि दिइने गरेको उल्लेख गरिन्। विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा कानुनी सजायको व्यवस्था रहेको आफूले देखेको बताउँदै उनले नेपालमा पशु कल्याणका लागि बनेका कानुनी व्यवस्था कमजोर रहेको बताइन्।

तामाङले पशु सेवाका नाममा पशुबाट लाभ लिने तर उनीहरूको वास्तविक सेवा र कल्याणमा ध्यान नदिने नीति कहिलेसम्म कायम रहने भन्दै सरकारसँग प्रश्नसमेत गरिन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स