चुनावको घण्टी बज्दा सेयर बजारमा बहार, उम्मेदवारी दर्तासँगै नेप्से २७०० माथि

चुनावको घण्टी बज्दा सेयर बजारमा बहार, उम्मेदवारी दर्तासँगै नेप्से २७०० माथि

फागुन २१ गते हुने निर्वाचनको मिति सुनिश्चित भएसँगै नेपालको सेयर बजारमा उत्साह देखिएको छ। लामो समयदेखि राजनीतिक अन्योलका कारण दबाबमा रहेको बजारमा आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै सकारात्मक तरङ्ग फैलिएको हो। निर्वाचन समयमै हुने र त्यसपछि राजनीतिक तथा नीतिगत स्थिरता आउने विश्वासले लगानीकर्ताहरू हौसिएका छन्। यसको प्रत्यक्ष प्रभाव नेप्से परिसूचक र कारोबार रकम दुवैमा देखिएको छ।

आज नेप्से परिसूचक ४२.२६ अंकले बढ्दै २७१४.८१ विन्दुमा पुगेर बन्द भएको छ। पछिल्ला दिनहरूमा कमजोर देखिएको सेयर बजार राजनीतिक स्पष्टतासँगै एकाएक उकालो लागेको हो। परिसूचकसँगै आज कारोबार रकम पनि ११ अर्ब माथि पुगेको छ, जुन श्रावणयताकै उच्च कारोबार हो।

नेप्सेमा सूचीकृत ३३९ वटा कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ।

आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को सेयर मूल्य चार दशमलव २३ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४० करोड ७९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि राधी विद्युतको ३९ करोड ३ लाख, मञ्जुश्री फाइनान्सको ३७ करोड ७ लाख, ग्रीन भेन्चर्सको ३० करोड १३ लाख र एसवाई प्यानलको २६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स