दुई जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय

दुई जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय
Advertisement Ads

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कुल २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो।

बैठकले ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने तथा ९०० मेगावाटकै माथिल्लो कर्णाली आयोजनाको निर्माण परियोजना विकास सम्झौताअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको छ।

बोर्डले आह्वान नगरिएका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन कानुनी व्यवस्था गर्न निर्देशन दिएको छ। साथै, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाले नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर प्राथमिकता दिने निर्णय गरेको छ।

Advertisement Ads

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्कीलगायत बोर्डका सदस्य तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स