१४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

१४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

आज पुस १७ गते बिहीबार १४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ती कम्पनीहरूले साधारणसभा प्रयोजनका लागि पुस १८, १९ र २० गते बुक क्लोज गर्ने निर्णय गरेका कारण आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश पाउनेछन्।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत वितरण गर्ने गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले माघ ३ गते दिनको साढे ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा  १७औँ  वार्षिक साधारणसभा बोलाएको छ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५  प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते बिहान १० बजे  टेम्पल बेल होटल, लेकसाइड पोखरामा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।

मेरो माइक्रोफाइनान्स लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५  प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते बिहान ९ बजे नुवाकोटको विदुर–४, बट्टारस्थित होटल बाटर टावरमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा पुस २९ गते बिहान ११ बजे रानी महल ब्याङ्क्वेट, ज्ञानेश्वोरमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३० गते बिहान १० बजे श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको  रजिस्टर कार्यलय, डिल्लीबजारमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५  प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते बिहान ११ बजे काठमाडौँको कार्की ब्याङ्क्वेट, बबरमहलमा २२औँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ। सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे सुरु हुनेछ।

युनाइटेड इदीमार्दी एण्ड आरबी हाइड्रोले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस २७ मा हुनेछ।

अरुण भ्याली हाइड्रोले ५ प्रतिशत बोनस सेयर र ०.२६३० प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस ३० मा हुनेछ।

समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस ३० मा हुनेछ।

कालिका पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस २८ मा हुनेछ।

हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस २८ मा हुनेछ।

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस ३० मा हुनेछ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिनेछ र यसको साधारणसभा पुस २९ मा हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स