क्यापिटल म्याक्स सेक्युरिटिज उत्कृष्ट करदाताका रूपमा सम्मानित

Advertisement Ads
क्यापिटल म्याक्स सेक्युरिटिज उत्कृष्ट करदाताका रूपमा सम्मानित
Advertisement Ads

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा कम्पनीलाई सम्मान गरिएको हो।

नेपालको धितोपत्र बजारमा ब्रोकर सेवाको पहुँच विस्तार तथा प्रतिस्पर्धा बढाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गरेको थियो। सोही प्रक्रियाबाट ४२ वटा नयाँ धितोपत्र दलाल कम्पनी बजारमा प्रवेश गरेका थिए। तीमध्ये क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नम्बर ६२) पनि एक हो। क्यापिटल म्याक्स नयाँ ब्रोकर कम्पनीहरूमध्ये राम्रो कारोबार गर्ने कम्पनीमा पर्छ। कम्पनीले हालै मार्जिन कारोबार सुविधा पनि सुरु गरेको छ।

आन्तरिक राजस्व विभागले मंसिर १ गतेदेखि साताव्यापी रूपमा राष्ट्रिय कर दिवस मनाएको थियो। सोही अवसरमा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीअन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्ने क्यापिटल म्याक्स सेक्युरिटिजलाई सम्मान गरिएको हो।

927340751 2351358768985514 6579632850558716480 n e1795494593583 https://bajarkochirfar.com/capital-max-securities-honored-as-best-taxpayer | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स