पुँजी बजार सुधारमा प्राज्ञिक क्षेत्रसँग बोर्डको पहिलो नीति संवाद, मार्जिन ल्यान्डिङदेखि शर्ट सेलिङसम्म छलफल

पुँजी बजार सुधारमा प्राज्ञिक क्षेत्रसँग बोर्डको पहिलो नीति संवाद, मार्जिन ल्यान्डिङदेखि शर्ट सेलिङसम्म छलफल
Advertisement Ads

नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वसँग पहिलोपटक नीति संवाद गरेको छ।

बोर्डको कार्यालय ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त शास्त्र विषय अध्यापन तथा अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्वको सहभागिता थियो। कार्यक्रम बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको हो।

धितोपत्र बजारमा नयाँ उपकरण भित्र्याउने उद्देश्यले बोर्डले सार्वजनिक गरेका विभिन्न Consultation Paper तथा Policy Paper माथि विज्ञहरूको धारणा र सुझाव लिन संवाद आयोजना गरिएको थियो।

कार्यक्रममा विशेषगरी बोर्डले अघि सारेका मार्जिन ल्यान्डिङ (Margin Lending), अन्तरदिवसीय कारोबार (Intraday Trading), धितोपत्र उधारो तथा सापटी (Securities Lending and Borrowing – SLB) तथा शर्ट सेलिङ (Short Selling) सम्बन्धी अवधारणामाथि छलफल भएको थियो। समग्र पुँजी बजारको विकास र सुधारका विषयमा पनि विस्तृत विचारविमर्श गरिएको थियो।

छलफलमा सहभागी विज्ञहरूले पुँजी बजार विकासका लागि बोर्डले रुपान्तरणकारी (Transformative) कार्यक्रम अघि बढाएकोमा सकारात्मक धारणा राखेका थिए। बजारमा ल्याउन लागिएका नयाँ उपकरणहरू प्राविधिक प्रकृतिका भएकाले तिनलाई Financial Innovation का रूपमा विकास गर्नुपर्ने र त्यसमा निहित जोखिमबारे लगानीकर्ताको वित्तीय साक्षरता बढाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

Advertisement Ads

Policy launch गर्नुअघि प्राज्ञिक क्षेत्रसँग सुरु गरिएको नीति संवादले सिद्धान्त र व्यवहारबीच सामञ्जस्य कायम गर्न तथा नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने धारणा पनि विज्ञहरूले राखेका थिए।

बोर्ड र प्राज्ञिक क्षेत्रका विज्ञबीचको सहकार्यलाई निरन्तरता दिने तथा आगामी नीतिमा प्राज्ञिक क्षेत्रका सुझाव समेटेर दीर्घकालीन नीति तय गर्दा पुँजी बजारसम्बन्धी नीतिको प्रभावकारिता बढ्ने बोर्डको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

2 Comments
Oldest
Newest Most Voted
Mann Chaudhary
Mann Chaudhary
1 month ago

In nepal there is adequate financial resources but we have to manage capital, organisation and labour only

नवराज
नवराज
1 month ago

१) तरलता अधिक छ
२) स्थिर सरकार छ
३) प्रविधी मैत्रीपुर्ण छ
४) लगानीको वातावरण बनेको छ
५) ………

तैपनि नेप्से तल तल जान्छ । साना लगानी कर्ता पलायन हुने जोखिम बढेको छ ।

पुजिगत लाभ कर लाई न्यून बिन्दुमा झारी ७५ लाख भन्दा ज्यादा लगानी कर्ताको सम्पत्ति जोगाउन र नेपाल सरकारको वित्तीय अवस्थाको ऐना मानिने शेर बजार माथी उठाउन लगानी कर्ता को आत्माबिस्वास बढाउने नीति ल्याउन परो है

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स