दसैँका लागि काठमाडौंका यी ६ स्थानबाट ग्यास वितरण हुँदै

दसैँका लागि काठमाडौंका यी ६ स्थानबाट ग्यास वितरण हुँदै
Advertisement Ads

दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आज घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले यो सुविधा लिन सक्नेछन्।

यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तर, भरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्ने संघले जनाएको छ।

संघले उपत्यकाका विभिन्न स्थानमा रहेका ग्यास उद्योग तथा डिपोबाट सेवा उपलब्ध गराएको छ। कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ।

त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ।

ग्यास वितरण तथा सिलिन्डर साट्ने सेवा बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स