बुढीगण्डकी बाढीले चार जलविद्युत् आयोजनामा क्षति, पुल र क्याम्प बगायो

बुढीगण्डकी बाढीले चार जलविद्युत् आयोजनामा क्षति, पुल र क्याम्प बगायो
Advertisement Ads

आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनाका भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका क्याम्प, पहुँच सडक, पुल तथा निर्माण उपकरणमा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।

बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजना प्रभावित भएका छन्।

टाइम्स इनर्जी प्रा.लि. प्रवर्द्धक रहेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ।

त्यस्तै, दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा रहेका केही घरमा क्षति पुगेको छ भने आयोजनालाई जोड्ने बेलिब्रिज बगाएको छ।

३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ। यारु हाइड्रो पावर प्रा.लि. प्रवर्द्धक रहेको यो आयोजना पनि बाढीबाट प्रभावित भएको हो।

Advertisement Ads

वाटर इनर्जी डेभलपमेन्ट प्रा.लि. प्रवर्द्धक रहेको १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थलसम्म पुग्ने पुलमा समेत क्षति पुगेको छ।

चारै आयोजनामा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स