उद्धारका लागि हेलिकप्टर परिचालन भइसकेको छ: गृहमन्त्री गुरुङ

उद्धारका लागि हेलिकप्टर परिचालन भइसकेको छ: गृहमन्त्री गुरुङ
Advertisement Ads

गृहमन्त्री सुधन गुरुङले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालन भइसकेको बताएका छन्। उनले बूढीगण्डकी नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। उनले २ घण्टा अगाडी फेसबुक पोस्ट मार्फत सो जानकारी दिएका हुन्।

गुरुङका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव बढिरहेको उनले बताएका छन्।

उनले उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन भएको जानकारी दिएका छन्।

उनले सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स