गोरखाको आरुघाटस्थित मापन केन्द्रमा बूढीगण्डकी नदीको पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि ६ जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका नदी तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
बूढीगण्डकीमा आएको बाढीका कारण आरुघाटमा पानीको सतहले खतराको तह पार गरेको हो। प्राधिकरणले नदीको तल्लो तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रतिकृया