बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको छ।
बाढीले गोरखाका अन्य तीन पुल पनि बगाएको छ। चुमनुब्री गाउँपालिका–३ मा न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल तथा धार्चे गाउँपालिका–५ मा माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।
त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

प्रतिकृया