गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकाअन्तर्गत सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।
स्थानीयका अनुसार आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट बाढी आएको थियो। खोलामा पहिरो खसेर पानी थुनिएपछि एक्कासि बगेको पानीले बूढीगण्डकी नदीमा बाढी आएको प्रारम्भिक जानकारी छ।

प्रतिकृया