बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका दुई पुलमा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगेको छ।
गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी भाग बगाएको छ भने ट्रस संरचना बाँकी रहेको छ।
आरुघाट पुलमा बेलिब्रिज राखेर पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे प्राविधिक मूल्याङ्कन भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रतिकृया