दोलखामा वर्षौंदेखि अलपत्र रहेका विकास निर्माणका २२ ठेक्का तोडिएका छन्। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटले निर्माणको जिम्मा लिएर काम अघि नबढाउने निर्माण व्यवसायीहरूसँगको ठेक्का सम्झौता तोडेको हो।
आर्थिक वर्ष २०७९/८० देखि सम्झौता गरी जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सडक डिभिजनले पटक–पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोडिएको हो।
ठेक्का तोडिएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्याङ्कन गरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गर्ने सूचना जारी गरिएको छ।


प्रतिकृया