मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाखभन्दा बढी कित्ता सेयरको लकइन अवधि आगामी २०८२ साल चैत्र २८ गते समाप्त हुने भएको छ।कम्पनीका अनुसार संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको नाममा रहेको कुल ६० लाख ३० हजार ६ सय २८ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो।
उक्त सेयरमा संस्थापक समूहले धारण गरेको ५३ लाख २० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेको ६ लाख ७८ हजार ६ सय कित्ता तथा कम्पनीका कर्मचारीसँग रहेको ३२ हजार २८ कित्ता सेयर समावेश छन्।
आइपीओ बाँडफाँट गरेको कम्पनीका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अनुसार यी शेयर लकइनमा राखिएका थिए। लकइन अवधि समाप्त भएपछि भने संस्थापक तथा कर्मचारीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न सक्नेछन्। तर, कम्पनीका संचालक तथा उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरूले भने तत्काल सेयर बिक्री गर्न पाउने छैनन्।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया