पाचँ कम्पनीको वार्षिक साधारण सभा आज मंसिर २६ गते बस्दैछ। सर्वोत्तम सिमेन्ट, बरुण हाइड्रोपावर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शुभम् पावर लिमिटेड, र मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारण सभा बस्न लागेको हो।
सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो ७औं वार्षिक साधारण सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा स्मार्ट दरबार, शंखपार्क काठमाडौंमा बिहान ९:३० बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण बुटवलस्थित होटल सेफ्रन सिकेमा साढे १२ बजे बोलाएको छ।सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
शुभम् पावर लिमिटेडले आफ्नो ११औं वार्षिक साधारणसभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा साढे १२ बजे बोलाएको छ।कम्पनीले आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेकाले साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारण सभा बबरमहलस्थित कार्की बन्केटमा बिहान १०:३० बजे बोलाएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ। त्यसैगरी,आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।









![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया