मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २१ गते बस्ने भएको छ । सभा सुर्य इभेन्ट काठमाडौं जिल्ला का.म.न.पा धुम्बारही आनन्दनगरमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियामावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावलीमा संशोधन एंवम परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले लाभांश सम्बन्धि कुनै पनि प्रस्ताव गरेको छैन।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस ४ गते सम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया