सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरे पनि नयाँ करको दर तत्कालै लागू हुने छैन। मन्त्रिपरिषद्को निर्णयपछि नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै नयाँ दर कार्यान्वयनमा आउनेछ।
अर्थ मन्त्रालयको सक्रियता हेर्दा अबको २–३ दिनमै राजपत्रमा सूचना प्रकाशित हुन सक्ने देखिएको छ।
मन्त्रिपरिषद्ले ३६५ दिन वा सोभन्दा कम होल्ड गरिएको सेयरमा ५% र ३६५ दिनभन्दा बढी होल्ड गरिएको सेयरमा ३.७५% पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो।
अब अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसारको सूचना राजपत्रमा प्रकाशित गर्नेछ। राजपत्रमा जुन मितिदेखि नयाँ दर लागू हुने उल्लेख हुन्छ, सोही मितिदेखि सेयर बिक्रीमा नयाँ करको दर लागू हुनेछ।
त्यससंगै सेयर कारोबारमा कर गणना गर्ने प्रणालीमा पनि नयाँ दर लागू गर्नुपर्ने हुन्छ। यसका लागि सम्बन्धित निकायले आवश्यक प्राविधिक तथा प्रशासनिक काम गर्नेछन्।
यसअघि ३६५ दिन वा सोभन्दा कम होल्ड गरिएको सेयरमा १०% र ३६५ दिनभन्दा बढी होल्ड गरिएको सेयरमा ७.५% पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो।

प्रतिकृया
अग्रिम कर भने पछि यो नै अन्तिम कर भने हैन् भन्ने त होला ?
happy