आजदेखि नबिल बैंकको यो ब्रान्च मर्ज हुँदै

आजदेखि नबिल बैंकको यो ब्रान्च मर्ज हुँदै
Advertisement Ads

भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको नबिल बैंक लिमिटेडको टिमुरे शाखा आज असोज १ गते देखि धुन्चे शाखामा समायोजन हुने भएको छ। बैंकले ग्राहकलाई नियमित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टिमुरे शाखालाई धुन्चे शाखामा समायोजन गर्न लागेको हो।

२०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवाको टिमुरेमा रहेको बैंकको शाखा कार्यालय बग्नुका साथै पूर्ण रूपमा क्षति भएको थियो। सोही स्थानमा तत्काल शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि बैंकले शाखा समायोजन गर्ने निर्णय गरेको हो।

अब ग्राहकले टिमुरे शाखाबाट प्राप्त गर्दै आएका सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा धुन्चे शाखाबाटै पूर्ववत रूपमा लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स