इन्फोनोमिक्स नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। इन्फोनोमिक्स नेपालले बजारको चिरफार अनलाइन पोर्टल सञ्चालन गर्दै आएको छ।
बजारको चिरफारले स्थापनादेखि नै विश्वसनीय समाचार, सूचना र विश्लेषण प्रदान गर्दै आएको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो।
बजारको चिरफारका प्रकाशक बसन्त पाण्डेले भने, “मिडियाका रूपमा हामीले विश्वसनीय सूचना र समाचारमार्फत आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छौं। विपद्को यो समयमा प्रभावित नागरिकका लागि आफ्नो तर्फबाट ५५,५५५ रुपैयाँ सहयोग गरेका हौं।”
बुधबार उक्त रकम बैंक ट्रान्सफरमार्फत ग्लोबल आइएमई बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।
रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अहिले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम भइरहेको छ।

प्रतिकृया