सिटिजन्स बैंकले जम्मा ४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

सिटिजन्स बैंकले जम्मा ४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
Advertisement Ads

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट जम्मा ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद दिने प्रस्ताव गरेको हो ।

बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको ५२१औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। बैंकको हाल कायम चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर प्रस्ताव गरिएको छ।

त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र वितरण हुने बैंकले जनाएको छ।

Screenshot 16 9 2026 164750 www.nepalstock.com https://bajarkochirfar.com/citizens-bank-will-pay-a-total-dividend-of-4-percent-how-much-is-the-bonus-and-cash | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स