आज बसेको मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत सोमबार सार्वजनिक गरेको पूँजीबजार सुधारसम्बन्धी २१ बुँदे योजनामा पनि पूँजीगत लाभकर घटाउने विषय समेटिएको थियो।
नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्ताले ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम होल्ड गर्ने लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ।
यसअघि ३६५ दिनभन्दा बढी होल्ड गरेमा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम होल्ड गरेमा १० प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था थियो।

प्रतिकृया