एक हाइड्रोपावर कम्पनीले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति, कति प्रतिशत निष्काशन गर्ने ?

एक हाइड्रोपावर कम्पनीले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति, कति प्रतिशत निष्काशन गर्ने ?
Advertisement Ads

विद्युत् नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति दिएको छ। कम्पनीले कायम चुक्ता पुँजीको १ः०.५४८ अनुपातमा (५४.८ प्रतिशत) ६७ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न आयोगबाट स्वीकृति पाएको हो।

कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। तर, एघारौँ वार्षिक साधारणसभाबाट उक्त अनुपात संशोधन गरी १ः०.६५ कायम गर्ने निर्णय भएको थियो। आयोगले भने कम्पनीले मेवा खोला जलविद्युत आयोजना निर्माणका लागि लिएको ६७ करोड ५० लाख रुपैयाँ ऋणको आधारमा १ः०.५४८ अनुपातमा हुने ६७ लाख ५० हजार कित्ता हकप्रदका लागि पूर्वस्वीकृति दिएको हो।

कम्पनीले प्राइम कमर्सियल बैंकबाट मेवा खोला जलविद्युत आयोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो। आयोगले हकप्रदबाट प्राप्त रकम सोही बैंकको ऋण भुक्तानीमा प्रयोग गर्नुपर्ने शर्त राखेको छ।

आयोगका अनुसार हकप्रद निष्काशनबाट प्राप्त रकमको आवश्यकता र औचित्य आगामी साधारणसभाबाट अनुमोदन गराउनुपर्नेछ।

Screenshot 16 9 2026 165451 www.nepalstock.com https://bajarkochirfar.com/a-hydropower-company-has-received-pre-approval-for-the-issuance-of-rights-shares-what-percentage-will-be-issued | %tags Screenshot 16 9 2026 165459 www.nepalstock.com https://bajarkochirfar.com/a-hydropower-company-has-received-pre-approval-for-the-issuance-of-rights-shares-what-percentage-will-be-issued | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स