युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १२औं वार्षिक साधारणसभा आज काठमाडौंको कालीमाटी ब्याङ्क्वेट मा बिहान ११ बजेदेखि बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसैगरी कम्पनीको नाम परिवर्तन गर्ने, हकप्रद सेयर निष्काशन गर्ने तथा आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछन्।
साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची पनि तय गरेको छ।
त्यस्तै, सञ्चालक समितिमा २ जना सञ्चालकको निर्वाचन गर्ने तथा अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ४ गते बुक क्लोज गरिसकेको छ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया