युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (वैशाख ४ गते) बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर तिर्नका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त प्रस्ताव अनुमोदन गर्न कम्पनीले वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ।
सभामा कम्पनीलाई होल्डिङ कम्पनीको रूपमा विकास गर्ने, सोअनुसार नाम परिवर्तन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत गरिनेछ। साथै, हकप्रद सेयर निष्काशन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा समेत सभामा पेश गरिनेछ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया