विकास हाइड्रोपावरले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

विकास हाइड्रोपावरले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार ९ लाख ९ हजार १०१.३ कित्ता बोनस सेयरका लागि ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको रकम प्रस्ताव गरिएको छ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसको रकम ४७ लाख ८४ हजार ६०० रुपैयाँ १४ पैसा बराबर हुनेछ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि लागू हुनेछ। त्यसपछि कम्पनीको आगामी साधारण सभाबाट समेत प्रस्ताव पारित हुनुपर्नेछ।

Screenshot 17 9 2026 115114 www.nepalstock.com https://bajarkochirfar.com/bikash-hydropower-has-announced-a-dividend-how-much-bonus-and-cash-is-it-giving | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स