विकास हाईड्रोपावरले बोलायो वार्षिक साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १६ गते
विकास हाईड्रोपावरले बोलायो वार्षिक साधारण सभा, केके छन् प्रस्तावहरु ?

विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ १५ गतेको बैठकले असोज १० गते काठमाडौंको नयाँबजारस्थित सासा ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेबाट सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट निर्देशन भएमा सोही बमोजिम संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।

त्यससँगै सञ्चालक समितिले गरेका कार्य तथा निर्णय अनुमोदन गर्ने र संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने एजेन्डा पनि रहेको छ। यस बाहेक, कम्पनीको नियमावलीअनुसार सर्वसाधारण समूहतर्फका तीन जना सञ्चालकको निर्वाचन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई नामसुझीमा रहेका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स