बूढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुर्याएको छ। प्रसारण लाइनमा क्षति पुगेपछि आयोजना पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ।
हालसम्म क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ।
प्रसारण लाइनको क्षतिको अवस्था, मर्मतसम्भारमा लाग्ने समय र आयोजना पुनः सञ्चालनमा आउन सक्ने मितिबारे अहिले नै निश्चित गर्न नसकिएको कम्पनीले जनाएको छ। यसले गर्दा आयोजनाको सञ्चालन अनिश्चितकालका लागि प्रभावित भएको छ।
हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गरेको अवस्थामा आवश्यक जनशक्ति परिचालन, सामग्री व्यवस्थापन, क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र विद्युत् उत्पादन पुनः सुरु गर्ने काम थप चुनौतीपूर्ण हुन सक्ने कम्पनीको भनाइ छ।
यद्यपि, क्षतिको विस्तृत मूल्याङ्कन गरी आवश्यक मर्मतसम्भार र आयोजना पुनः सञ्चालनका लागि यथाशीघ्र पहल गरिने कम्पनीले जनाएको छ।


प्रतिकृया