लाभांश पारित गर्न विकास हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न विकास हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पाँचौँ वार्षिक साधारण सभामार्फत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा असोज २९ गते बिहीबार होटल स्मार्ट दरबार प्रालि., धुम्बाराही, काठमाडौंमा आयोजना हुने भएको छ। सभा बिहान ९ः३० बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता सेयरपुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको १० प्रतिशतका दरले ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि हाल कायम चुक्ता सेयरपुँजीको ०.५२६३ प्रतिशत अर्थात् ४७ लाख ८४ हजार ६०० रुपैयाँ १४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

बोनस सेयर जारी गरेपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्तावसमेत सभामा राखिएको छ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, नियमनकारी निकायबाट संशोधन वा सुझाव आएमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा लगानी अनुमोदन र अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन्।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने लगायतका सामान्य प्रस्ताव पनि पेश हुनेछन्।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १९ गते सोमबार एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स