सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँको करिब १ः०.९२५२ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिइएको हो। कम्पनीले यसअघि १ः१ अनुपातमा सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो।
आयोगले हकप्रद सेयरबाट प्राप्त रकम नबिल बैंकको कर्जा भुक्तानीमा मात्रै प्रयोग गर्नुपर्ने सर्त राखेको छ। कम्पनीले प्रस्ताव गरेको मेसिनरी उपकरण मर्मतसम्भारका लागि ४ करोड ८० लाख रुपैयाँ खर्च गर्ने योजनालाई भने स्वीकृति दिइएको छैन।
कर्जा भुक्तानी गरेको १५ दिनभित्र प्रमाणित कागजातसहित आयोगलाई जानकारी गराउनुपर्नेछ। साथै, संस्थापक सेयरधनीलाई पहिलो चरणमा र सर्वसाधारणलाई दोस्रो चरणमा हकप्रद सेयर निष्काशन गर्नुपर्ने सर्तसमेत राखिएको छ।


प्रतिकृया