Investor Meet Investor Meet

मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement Ads
मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
Advertisement Ads

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको मंसिर १० गते बसेको सञ्चालक समितिको २९६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत वितरण गर्न प्रस्ताव गरिएको हो।

संस्थाको गत असार मसान्तसम्म कायम चुक्ता पूँजी २५ करोड ५८ लाख ४३ हजार ६२१ रुपैयाँ ८५ पैसाका आधारमा उक्त लाभांश वितरण गर्न लागिएको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स