आज आइतबार ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । रुरु जलविद्युत परियोजना लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा हुन्।
रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। लाभांश पारित गर्न कम्पनीले यही पुस २५ गते २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा बिहान ११ बजे सुरु हुनेछ। साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।
बोनस सेयर जारीपछि पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ। साथै, १ जना महिला सञ्चालकसहित ६ जना सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन स्वीकृति तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ। लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ९ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको १३ प्रतिशतका दरले कुल ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १२ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार, हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको १२ प्रतिशत बराबर ६२ करोड ३५ लाख ३९ हजार ३८५ रुपैयाँ ६० पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार, प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा १४.२५ प्रतिशत बोनस सेयर (३ करोड १९ लाख १० हजार ४७३ रुपैयाँ ६२ पैसा) र ०.७५ प्रतिशत नगद लाभांश (१६ लाख ७९ हजार ४९८ रुपैयाँ ६१ पैसा, करसहित) समावेश रहेको छ। संस्थाका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा १४.२५ प्रतिशत बोनस सेयर (११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ) र ०.७५ प्रतिशत नगद लाभांश (५८ लाख ७९ हजार ४३३ रुपैयाँ ०२ पैसा, करसहित) समावेश छ। संस्थाका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा ४.७५ प्रतिशत बोनस सेयर (२ करोड ९३ लाख ९७ हजार ७५२ रुपैयाँ १४ पैसा) र ०.२५ प्रतिशत नगद लाभांश (१५ लाख ४७ हजार २५० रुपैयाँ ११ पैसा, करसहित) समावेश छ। संस्थाका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४ रुपैयाँ ७६ पैसाको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा १० प्रतिशत बोनस सेयर (४ करोड ७ लाख ६९ हजार २३० रुपैयाँ ४८ पैसा) र कर प्रयोजनार्थ ०.५२३६ प्रतिशत नगद लाभांश (२१ लाख ४५ हजार ७४८ रुपैयाँ ९७ पैसा) समावेश छ। कम्पनीका अनुसार, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार, प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ।








![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)






![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया