तीन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेका छन्। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस ३० गते आ–आफ्ना वार्षिक साधारणसभा आयोजना गर्न लागेका हुन्।
मेरो माइक्रोफाइनान्स लघुवित्तले पुस ३० गते बुधबार बिहान ९ बजे नुवाकोटको विदुर–४, बट्टारस्थित होटल बाटर टावरमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीतर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीतर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेस गरिनेछन्। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
सपोर्ट लघुवित्तले पुस ३० गते बुधबार बिहान ११ बजे सुनसरीको इटहरी–१ स्थित स्काइ लक्स होटलमा ११ औँ वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य अघि बढाउन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनी समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा पेस गरिनेछन्।
त्यस्तै, मिथिला लघुवित्तले पुस ३० गते बुधबार बिहान ११ बजे धनुषाको मिथिला नगरपालिका–९, लालगढस्थित गौतम होटल बर्दिबास प्रा.लि.को सभाहलमा १७ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य, प्रबन्धपत्र तथा नियमावली संशोधन, स्वतन्त्र सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि सभामा छलफल गरिनेछन्।
सपोर्ट र मिथिला लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसअनुसार, पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू साधारणसभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया