दुई कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?

दुई कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?

दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । अपर हेवाखोला हाइड्रोपावर र मेरोमाइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेका हुन् ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत, अर्थात् ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। उक्त निर्णय पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स