नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद सेयर र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।
समायोजनपछि एनआईसी एशिया बैंकको सेयरमूल्य प्रतिकित्ता २५० रुपैयाँ कायम भएको छ। त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तको समायोजित सेयरमूल्य प्रतिकित्ता १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा सेयरमूल्य समायोजन गरेको हो । बिहीबार दोस्रो बजारमा एनआईसी एशिया बैंकको सेयर प्रतिकित्ता ३२५ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
अब यही समायोजित मूल्यलाई आधार मानेर आज शुक्रबार दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रतिकृया