नबिल बैंक लिमिटेडले बडादसैँ २०८३ का लागि आज असोज २७ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सुकिला नोट सटही र वितरण गर्ने भएको छ। बैंकले असोज २९ गतेसम्म काठमाडौं उपत्यकाका पाँच शाखाबाट यो सुविधा उपलब्ध गराउने जनाएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूमार्फत साना दरका नयाँ तथा सुकिला नोट वितरण गर्ने व्यवस्था गरिएको हो।
नबिल बैंकका अनुसार काठमाडौंको कान्तिपथ, बल्खु र बनस्थली शाखा, ललितपुरको च्यासल शाखा तथा भक्तपुरको दुवाकोट शाखाबाट नोट सटही गर्न सकिनेछ।
बैंकले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै नोट सटही तथा वितरण गर्ने जनाएको छ।


प्रतिकृया