SHAREHUB SHAREHUB

लाभांश गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

Advertisement Ads
लाभांश गर्न मञ्जुश्री फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
Advertisement Ads

मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गते शुक्रबार १९औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। साधारणसभाका लागि कात्तिक ११ गते सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ। त्यसअनुसार बुक क्लोज हुनुअघिसम्म सेयरधनी दर्ता भएका लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।

कम्पनीले बोनस सेयर वितरणका लागि ६ करोड ७५ लाख ७७ हजार ६४२ रुपैयाँ र नगद लाभांशका लागि २० करोड २७ लाख ३२ हजार ९२७ रुपैयाँ छुट्याउने प्रस्ताव गरेको छ।

यस्तै, साधारणसभामा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको उक्त सेयरमा ८.७५ प्रतिशत लाभांश दर प्रस्ताव गरिएको छ। नियामक निकायको स्वीकृति प्राप्त भएमा मात्र सेयर जारी गरिनेछ।

अग्राधिकार सेयर जारी र बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत पुँजी १ अर्ब ८३ करोड रुपैयाँ पुर्‍याउने प्रस्तावसमेत साधारणसभामा प्रस्तुत हुनेछ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स