सुधारिँदै मञ्जुश्री फाइनान्स: ब्याज आम्दानी बढ्यो, खराब कर्जा घट्दा नाफामा चमक

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ९ गते
सुधारिँदै मञ्जुश्री फाइनान्स: ब्याज आम्दानी बढ्यो, खराब कर्जा घट्दा नाफामा चमक

मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, फाइनान्सको खुद नाफा २७.९३ प्रतिशतले बढेर २१ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढेको हो।

तेस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १०.१५ प्रतिशतले बढेर ८० करोड ३ लाख पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

फाइनान्सको खराब कर्जा अनुपात ०.२१ प्रतिशतबिन्दुले घटेर ३.९९ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३० करोड ५४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित रहेको छ। फाइनान्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स