SHAREHUB SHAREHUB

दसैँ, तिहार र छठमा डिजिटल वालेटमा पैसा जम्मा गर्ने सीमा बढ्यो

Advertisement Ads
दसैँ, तिहार र छठमा डिजिटल वालेटमा पैसा जम्मा गर्ने सीमा बढ्यो
Advertisement Ads

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार असोज ३१ देखि कात्तिक ८ गतेसम्म तथा कात्तिक २१ देखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार व्यक्तिगत वालेटमा दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था थियो।

राष्ट्र बैंकले पर्व अवधिमा भएका कारोबारको संख्या र कुल रकमको विवरण विभागमा पेस गर्न भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।

853085627 1442234077851239 9211431446826619747 n https://bajarkochirfar.com/digital-wallet-deposit-limit-increased-during-dashain-tihar-and-chhath | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स