SHAREHUB SHAREHUB

काठमाडौं उपत्यकामा घरजग्गा किन्दै रास्वपा, पार्किङसहितका यस्ता छन् आवश्यक मापदण्ड

Advertisement Ads
काठमाडौं उपत्यकामा घरजग्गा किन्दै रास्वपा, पार्किङसहितका यस्ता छन् आवश्यक मापदण्ड
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि काठमाडौं उपत्यकाभित्र घरजग्गा खरिद गर्ने भएको छ। पार्टीले आवश्यक मापदण्ड पूरा गर्ने इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव आह्वान गरेको छ।

पार्टीको केन्द्रीय समितिको २०८३ असोज १७ गतेको निर्णयअनुसार असोज २८ गते सूचना प्रकाशित गर्दै घरजग्गा खरिदका लागि प्रस्ताव माग गरिएको हो। इच्छुक घरधनी तथा जग्गाधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।

पार्टीले खरिद गर्न चाहेको घरजग्गा काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक हुनुपर्नेछ। त्यसको क्षेत्रफल कम्तीमा तीन रोपनी हुनुपर्ने मापदण्ड तोकिएको छ।

कार्यालय प्रयोजनका लागि प्रशासनिक काम, ठूला बैठक तथा छलफल गर्न मिल्ने भवन भएको वा त्यस्तो भवन बनाउन सकिने खाली जग्गा हुनुपर्नेछ। साथै, कार्यालयमा आउने कार तथा मोटरसाइकल पार्किङ गर्न पर्याप्त ठाउँ र मुख्य सडकसम्म सहज पहुँच हुनुपर्नेछ। घरजग्गासम्म पुग्ने बाटो कम्तीमा २० फिट चौडा पक्की हुनुपर्नेछ।

त्यस्तै, घरजग्गाको स्वामित्व कानुनी रूपमा स्पष्ट भएको, खरिदबिक्रीमा कुनै बाधा नरहेको, बैंक वा वित्तीय संस्थामा रोक्का नभएको र कानुनी विवाद नरहेको हुनुपर्नेछ।

Advertisement Ads

प्रस्तावसँगै आवश्यक कागजात पेस गर्नुपर्ने

रास्वपाले प्रस्तावसँग जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), जग्गाधनीको नागरिकता प्रमाणपत्र, नापी नक्सा, चारकिल्ला प्रमाणित पत्र तथा चालु आर्थिक वर्षसम्मको मालपोत वा भूमि कर तिरेको रसिद पेस गर्नुपर्ने जनाएको छ।

संस्थाको नाममा घरजग्गा भए संस्था दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र पनि आवश्यक पर्नेछ। भवनसहितको घरजग्गा प्रस्ताव गर्नेले नगरपालिकाबाट स्वीकृत नक्सा र निर्माण सम्पन्न प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ। यसबाहेक घरजग्गा स्पष्ट देखिने तस्बिर र प्रस्तावित मूल्य खुलाइएको फाराम पनि संलग्न गर्नुपर्नेछ।

इच्छुकले प्रस्तावित मूल्य प्रति आना वा प्रति रोपनीका दरले अथवा एकमुष्ट रकमका रूपमा उल्लेख गर्न सक्नेछन्। रकम अंक र अक्षर दुवैमा लेखेर प्रस्ताव बन्द खाममा राख्नुपर्नेछ। खामको बाहिर ‘घर जग्गा खरिद प्रस्ताव’ लेखी आफ्नो नाम, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ।

प्रस्ताव कार्यालय समयमा रास्वपाको केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बुझाउनुपर्नेछ। तोकिएको समयसीमापछि प्राप्त प्रस्तावमाथि कुनै कारबाही नहुने पार्टीले जनाएको छ।

प्राप्त प्रस्तावको स्थलगत निरीक्षण तथा अध्ययन गरी पार्टीको आवश्यकता र उपयुक्तताका आधारमा अन्तिम निर्णय गरिनेछ। कुनै पनि प्रस्ताव आंशिक वा पूर्ण रूपमा स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार पार्टीले सुरक्षित राखेको छ।

थप जानकारीका लागि कार्यालय समयभित्र शुभ शिल्पकारलाई ९८२०१०४०५५ मा फोन गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ।

Screenshot 14 10 2026 13357 https://bajarkochirfar.com/rsp-to-purchase-property-in-kathmandu-valley-here-are-the-requirements-including-parking-facilities | %tags Screenshot 14 10 2026 133515 https://bajarkochirfar.com/rsp-to-purchase-property-in-kathmandu-valley-here-are-the-requirements-including-parking-facilities | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स